एमालेका यी सांसदलाई २४ घण्टे स्पष्टीकरण
८ जेठ काठमाडै । एमाले बागमती प्रदेशको संसदीय बोर्डको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाका अनुसार पार्टीको आधिकारीक उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।
निरौलाका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।