एमालेको स्थायी कमिटी बैठक बस्दै , के छन एजेण्डा ?
८ जेठ काठमाडौं ।अहिले नेकपा (एमाले)को ‘आकस्मिक’ रुपमा बोलाएको स्थायी कमिटी बैठक जारी छ । बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
संविधानको धारा ७६ (५) को सरकार नबनेपछि एमालेका अध्यक्षसमेत रहेका प्रधाानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने निर्णय गरेका थिए ।
ओलीले प्रधानमन्त्रीमा दाबी गरे पनि एमालेका २६ सांसदले भने विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । आजको बैठकमा नेता माधवकुमार नेपाल पक्षका विषयमा पनि छलफल हुने बुझिएको छ ।