विघटनको विरोध गर्नुको कुनै अर्थ छैन , अब चुनावमा जाऔं – अध्यक्ष बिजुक्छे


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
6.1K
SHARES

८ जेठ भक्तपुर । आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको घोषणा गरेकामा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए ।

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन् । यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ । चुनावको हाम्रो पार्टी स्वागत गर्छ । अब स्थिरताका लागि पनि चुनावमा जानैपर्छ ।”

उनले भने, “हामीले अघिल्लोपटक पनि चुनावमा गएर निकास दिनुपर्छ भनेकै हो,