बादलले भने : राजनीतिबाट सन्यास लिन्छु !


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
5.5K
SHARES

७ जेठ काठमाडौं। अब निवर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन्।

शनिबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्। एक नेताका अनुसार बादलले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरु।’ ती नेता भन्छन्, ‘बादल कमरेड निराश देखिनुभएको छ ।’

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले प्रवेश गरेका निवर्तमान गृहमन्त्री ‘बादल’ जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचनमा बादल राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका हुन्।