संसद विघटन प्रतिगामी कदम कै निरन्तरता – पालुङटार नगर समिति
९ जेठ गोरखा । संसद विघटन पश्चात राजनीतिक क्षेत्रमा देखा परेको परिस्थितिलाई लिएर आफ्नो धारणाहरू सार्वजनिक गर्ने क्रम जारी रह्को छ । त्यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ,पालुङटार नगर समिति ,गोरखाले पनि एक विज्ञप्ति निकाल्दै यो कदम असैबधानिक रह्को ठहर गरेको छ ।
मिति २०७८-२-७ मध्यराती रास्ट्रपती बिध्यादेबी भण्डारी र प्रधानमन्त्री के पि ओलिद्वारा षड्यन्त्रपुर्बक गरिएको प्रतिनिधि सभा विघटन असंबैधानिक ,अलोकतान्त्रिक ,निरंकुश ,स्वइच्छाचारी र प्रतिगामी भएको ठहर गर्दै उक्त प्रतिगमनकारी कार्यको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पालुङटार नगर कमिटी घोर निन्दा र भत्सना गर्दछ ।
नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको के पि ओलिको सरकारले उपधारा ४ बमोजिम १ महिना भित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक प्राबधानलाई लत्याउदै उपधारा ५ बमोजिम सरकार गठन गर्न रास्ट्रपतिलाई सिफारिस भइ रास्ट्रपतिबाट १ दिनको समय दिइ सरकार गठन गर्न आह्वान भयो । प्रतिनिधि सभाका माननीय सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभा सदस्य १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरिएकोमा संविधानत मा.शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री के पि ओलिको अन्ध सेबक बनेर रास्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथी गम्भीर आक्रमण गरिएको छ र उक्त कदम २०७७ पौष ५ गते गरिएको प्रतिगामी कदम कै निरन्तरता भएको हाम्रो ठहर छ ।
अत हाम्रो पार्टी नेपाली जनताको लामो बलिदानीपुर्ण संघर्सबाट प्राप्त उपलब्धिको रक्षा गर्न ,रास्ट्रपति र प्रधानमन्त्री बाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र संघर्ष गर्न रास्टृय स्वाधीनता ,संविधान र लोकतन्त्र पक्षधर सबै राजनीतिक दलहर ,नागरिक समाज ,बौद्धिक समुदाय ,मानबअधिकारबादी ,पेसाकर्मी लगायत आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।
अध्यक्ष
बिबस चिन्तन `अजय´
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ,पालुङटार नगर समिति ,गोरखा ।