नेपाल समूहले नयाँ पार्टी खोल्दै: महासचिवमा रावल , नाम र चिन्ह के होला ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
11.3K
SHARES

९ जेठ काठमाडौं ।अब एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेपछि नयाँ पाटी खोल्ने तयार गर्नुभएको हो । कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ ।

नेपालले नयाँ दल खोल्नलागेको खुलासा गर्नु भएको छ । उहाँले नयाँ दल खोल्न वाध्य पारिएको प्रतिक्रिया दिनुभएको छ । नेपाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ । पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ ।

नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी दिईने एक स्रोतले जनाएको छ । वरिष्ठ नेतामा झलनाथ खनाल हुनुहुनेछ ।