आज ९० जनाले सगरमाथा आरोहण गरे


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
8.2K
SHARES

९ जेठ काठमाडौं । दशदिन पछि सगरमाथा आरोहणका लागि मौसम अनुकूल भएपछि ९० जनाले सफल आरोहण गरेका छन् ।

आइतबारसम्म ९० जनाले सगरमाथाको सफल आरोहण गरेको जानकारी आएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताइन् ।

उनका अनुसार आज र भोलिका लागि टार्गेट गरेर करिब २५० जना आरोही सगरमाथा शिखरतर्फ जाँदै गरेका छन् ।

“आज विहानदेखि ९० आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको जानकारी आएको छ,” उनले भनिन्, “दिउँसोसम्ममा थप आरोहीले सगरमाथाको आरोहण गरेको जानकारी आउँछ ।