विप्लवले सरकारलाई दिए यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
4.1K
SHARES

१० जेठ काठमाडौं। आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित अध्यादेशको विरोध गरेको छ।

पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै राप्ट्रपतिको उक्त निर्णय तत्काल खारेज नगरे त्यसको मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन्।

‘सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ’, वक्तव्यमा भनिभएको छ – ‘हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ।’