राष्ट्रपतिप्रति नेता रावलले यस्तो प्रश्न उठाए


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८
2.6K
SHARES

१७ जेठ काठमाडौ ।आज नेकपा एमालेका नेता भीम रावलले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको सक्रियतालाई लिएर आपत्ति जनाएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विरमार्फत नेता रावलले राष्ट्रपतिले कार्यकारी प्रमुखले गर्ने काम गरिरहेको बताएका छन् ।  “कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो । यसले, के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ,” उनले भनेका छन् ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले खोप सहयोगका लागि भारत, चीनसहित विभिन्न मुलुकसँग आह्वा गरिरहेकी छन् । उनको आह्वानपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको छ ।