निषेधाज्ञा थप्न प्रजिअहरुको बैठक बस्दै , कति थपिएला ?


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
5.6K
SHARES

१९ जेठ काठमाडौं ।अबपनि  काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।आज काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तीन जिल्लाका सिडियोहरुको आजको बैठकले उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिनेछ । यसअघि मंगलवार बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि यसबारे ठोस निर्णय गर्न सकेको थिएन ।

मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताएका थिए । उपत्यकामा थप्न लागिएको निषेधाज्ञा हाल जारी रहेको अवस्थाभन्दा केही परिमार्जित हुने प्रजिअ पराजुलीले जानकारी दिए ।

खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे मंगलबार प्रजिअहरुको बैठकमा छलफल भएको थियो ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सकिंदैछ । काठमाडौंमा वैशाख ३० गतेदेखि निषेधाज्ञा शुरू भएको हो ।