सरकारले गरेको राष्ट्रघाती निणर्य खारेज गर्नैपर्छ – प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
7.8K
SHARES

१९ जेठ काठमाडौं  ।आज नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्यापारघाटा कम गर्नका दोहोनद्वारा ढुङ्गा, गिट्टी, बालुवाको निकासी गरेर मधेसलाई उजाड मरुभूमि बनाउने योजना रहेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत्  राष्ट्रघाती निणर्य भन्दै खारेजीको माग गरेका छा् ।

“यो  प्रतिगामी सरकारको बैधता एव नैतिक आधारविहीन ०७८/०७९को बजेटबारे टिप्पणी गरेर समय खर्च गर्नु आवश्यक ठानेको थिइन । तर व्यापारघाटा कम गर्न भन्दै चुरे दोहोनद्वारा ढुङ्गा, गिट्टी, बालुवाको निकासी गरेर तराई मधेशलाई उजाड मरुभुमि बनाउने राष्ट्रघाती निणर्यको विरोध र खारेजी भने गर्नैपर्छ,“ उनले भनेका छन् ।