देशमा जे छ, त्यही बेच्छौं – नेता थापा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
47K
SHARES

२० जेठ काठमाडौं। आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे दोहनको सरकारी नीतिको बचाउ गरेका छन्। उनले जुन देशमा जे छ, त्यही निर्यात गर्ने हो भन्दै सरकारी नीतिको बचाउ गरेका हुन्। सरकारले बजेटमै चुरे दोहनको कार्यक्रम राखेपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ।तर सरकारले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा चुरे क्षेत्रबाट खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आज एक ट्वीटमार्फत चुरे संरक्षणका लागि सरकारले ल्याएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरुभूमिकरण हुने भनी प्रचार गर्नु नियोजित भएको दावी गरे।

‘चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ,’ उनले भने, ‘इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्, पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ।’