आजबाट निषेधाज्ञाको मोडालिटिमा परिवर्तन, के खुल्छन – के खुल्दैन ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
12K
SHARES

२१ जेठ काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा लागू भएको छ। बुधबार काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन्। आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन्। यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ।

सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए। निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ। यस्तै वर्कसप पनि खुला गरिएको छ।

1

2

3