अनेरास्ववियूले जलायो उपप्रधानमन्त्री महतोको पुत्ला


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
5.3K
SHARES

२२जेठ काठमाडौ । आज नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्।

हिजो उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए।

पदभार ग्रहण गरे लगतै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए।