मेरो अभिव्यक्तिलाई बंग्याएर गतल अर्थ लगाइयो – उपप्रधानमन्त्री महतो


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
5.9K
SHARES

२३ जेठ काठमाडौं। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गतल अर्थ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

धारणा व्यक्त गरेपछि उनी आलोचित बनेका छन्। शनिबार राति विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले हिजोको आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको बताएका हुन्।

उनले विज्ञप्तीमा भनेका छन्,’हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ।’

’यो संविधानमा हाम्रा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनकनो निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छु’, उनले स्पष्टीकरण दिँदै अगाडि भने, ’म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु, यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु।’

1622943856_194034405_2874873206159495_7640675065675591077_n