ललिता निवास जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित , को हुन ४९ जना ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
21.2K
SHARES

२३ जेठ काठमाडौं । अहिले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दामा ४९ जनाविरुद्ध २१ दिने सूचना जारी भएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्प भित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले गोरखापत्रमा २१ दिने सूचना जारी गरेको हो।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना टाँस गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिने म्याद दिइएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने भएको छ ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा रहेको छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने मालपोत कार्यालयको ठहर छ ।