बरिष्ठताका आधारमा इजलास गठन ,को-को परे इजलासमा ?
२३ जेठ काठमाडौ । आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । आज बस्ने संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश राणाले अफूसहित न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।
बरिष्ठताका आधारमा मीरा खड्का पछि हरिकृष्ण कार्की भएपनि उनी यस अघिनै स्वार्थ बाझिने प्रश्न उठेपछि बाहिरिएका थिए । पाँचौ बरियताका विश्वम्भर प्रसाद श्रेष्ठ गत ५ पुसकै संसद् विघटनको मुद्दाको सुनुवाइमा रहेका कारण इजलासमा नबसेका हुन् ।
आज देखी संसद् पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने भन्दै दायर रिटको आज सुनुवाइ हुनलागेको हो ।