प्रधानन्यायाधीशको चेतावनी : फिर्ता लिने कि अदालतको अवहेलना सहने ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
15.5K
SHARES

२३ जेठ काठमाडौं ।नेपाल सरकार पक्षका चारजना कानुन व्यवसायीले वरिष्ठतम् चार न्यायाधीशले संसद् विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै दर्ता गराएको निवेदन फिर्ता लिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आग्रह गरेका छन् ।

यज्ञमणि न्यौपाने, राजाराम घिमिरे, कृष्ण भण्डारी, धनजित बस्नेतले वरिष्ठ ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने, संसद् पुनःस्थापना भएपछि पनि केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्नेलगायतका विषय समेटेर निवेदन दिएका छन् ।

त्यसमध्ये एक निवेदन दर्ता पनि भइसकेको छ । संवैधानिक इजलास सुरु हुनासाथ उनीहरुले ११ जना न्यायाधीश कसैले पनि हेर्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो चेतावनी दिएका थिए ।

प्रधानन्यायाधीश राणाले ‘निवेदन फिर्ता लिन जानुहुन्छ कि अदातलको अवहेलना सहनुहुन्छ ?’ भनी चेतावनी दिएका थिए ।