गृहमन्त्रीमा यी व्यक्तिको चर्चा , कसले मार्छन बाजी ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
7.8K
SHARES

२३ जेठ काठमाडौं । अहिले मौजुदा सरकार गृहमन्त्रीविहीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गृह मन्त्री भने नियुक्त गरेनन् ।

रामबहादुर थापा बादल पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रीका लागि सत्तारुढ नेकपा एमालेकै नेताहरुको नाम चर्चामा छ ।

बादल पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले अहिले गृहमन्त्रालसहित उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले हेरिरहेका छन् ।

रिक्त गृह मन्त्रीमा एमालेकै नेताहरुको नाम चर्चामा छ । महेश बस्नेतको नाम गृहमन्त्रीमा चर्चा छ । तर, अघिल्लो वर्ष सांसद अपहरणको आरोप लागेकाले बस्नेतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनिच्छा जनाएको चर्चा पनि छ । उनको नाम पनि टुंगो लागेको छैन ।

बस्नेतको विकल्पमा हालै परराष्ट्र मन्त्रालयबाट जिम्मेवारीमुक्त भएका प्रदीप ज्ञवालीको नाम पनि गृहमन्त्रीमा चर्चा छ । बस्नेतलाई गृहको जिम्मेवारी नदिइए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाउने विषय पनि चर्चामा आएको छ ।

यस्तै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको नाम पनि गृह मन्त्री बन्ने चर्चा छ ।