आजदेखि श्रम स्वीकृति दिइने
२६ जेठ काठमाडौं । वैदेशिक रोजगार कार्यालयले आजदेखि हप्ताको एक दिन अन्तिम श्रम स्वीकृति दिने भएको छ । बैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय अनुसार आजदेखि प्रत्येक साताको बुधबार सेवा दिन लागेको हो । वैदेशिक रोजगार कार्यालयले यो निर्णय केहि दिनअघि गरेको थियो ।
कोरोना संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथाम गर्नका लागि भन्दै २०७७ बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर सेवा लिने दिने काम बन्द गरेको थियो । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको थियो ।
व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य सुचारु गरी सहज तरिकाले विदेश जाने वातावरण तयार पार्न माग गर्दै आएका थिए ।