यस्तो एजेण्डा सहित सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक , के आउला निकास ?


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८
24.8K
SHARES

२६ जेठ काठमाडौं।अब सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन्। समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै सभामुखले जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन्।

सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ।बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले

पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि उनले कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए।