गण्डकी प्रदेशसभाको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
7.5K
SHARES

२७ जेठ पोखरा। अहिले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। आधा घण्टाका लागि प्रदेशसभाको बैठक स्थगित भएको हो। प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेको विश्वासको मतमाथिको छलफलमा आफ्नो धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो।

केही बेरपछि सुरु हुने अर्को बैठकमा विश्वासको प्रस्तावको पक्ष र विपक्षमा बोलेका सांसदहरूको मुख्यमन्त्री गुरुङले जवाफ दिने तयारी छ। लगत्तै मुख्यमन्त्रीको प्रस्तावमाथि मतदान सुरु हुने बताइएको छ।