को हुन् सरकारको प्रवक्ता थापा ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
13.7K
SHARES

२८ जेठ काठमाडौं। अहिले नैनकला थापा सरकारको प्रवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन्।

मन्त्रिपरिषाद्ले पूर्णता पाएपछि बिहीबार साँझ पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवाारी दिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बसेको पहिलो बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी थापा पहिलो महिला सञ्चार मन्त्री बनेकी हुन्। सँगै उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएकी छन्। तत्कालिन समयमा शिक्षिका रहेकी नैनकलाले २०४० सालमा बादलसंग बिहे गरेकी थिइन्।

बिवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन्। शान्ति प्रक्रियामा आएपछि बादलपत्नी नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन्। उनीहरुको १ छोरा र १ छोरी छन्।

यस्तो छ उनको परिचय:
नाम : नैनकला थापा
जन्मस्थान : बुटवल
हाल : चितवन
शैक्षिक योग्यता : वि.ए.वि.एड.
अनुभव
पूर्व शिक्षिका :– कालिका मा.वि. बुटवल
–नारायणी मा.वि चितवन
संगठन : २०३५–०३६ विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ : नेकपा (चौम) पार्टी सदस्य
२०३८ : अ.ने.म.संघ जिल्ला सचिव
२०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव
२०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
२०५० : एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
२०६४–२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष
-तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य