निष्कर्ष के निस्क्यो सभामुखले बोलाएको सर्वदलीय बैठकबाट ?
२८ जेठ काठमाडौं। आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल सकिएको छ । सभामुख र संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू तथा पूर्वप्रधानमन्त्रीबीचको छलफल सकिएको हो ।
छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए।
बैठकपछि विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन्। संसद् विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए। बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन्।
सभामुखसँगको बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच छलफल चलिरहेको छ।