सोह्रखुट्टे वृत्तमा डिएसपी बिष्टलाई खटाइयो


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८
10.6K
SHARES

२९ जेठ काठमाडौं । अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानेपछि स्रोहखुट्टेको जिम्मेवारी प्रमेश बिष्टलाई दिइएको छ। डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

२३ जेठमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले डिएसपी खड्कालाई कारबाही गरेपछि सोह्रखुट्टे वृत खाली थियो।

डिएसपी खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै कारबाहीस्वरुप परिसरमा तानिएको थियो। उनका स्थानमा बिष्टले जिम्मेवारी वहन गरेका हुन्।