१ असारबाट फरक मोडालिटी, के सवारी साधन र पसल खुल्छ ?


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८
17K
SHARES

२९ जेठ काठमाडौ । काठमाडौँ उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञा लम्ब्याउने तर असार १ देखि फरक मोडालिटी हुने भएको छ ।

असार १ पछि  निजी सवारी साधन जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइनने तयारी छ ।

त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई  लामो समय खुला गर्न दिइने ततयारी छ । त्यस्तै भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने तयारी छ ।