एमाले नेता गौतम र पौडेलबीच भेटवार्ता, यस्तो भयो सहमति


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
10.1K
SHARES

३१ जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता वामदेव गौतम र संगठन विभाग प्रमुख विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहान १० बजे गौतमनिवास भैँसेपाटीमा कुराकानी भएको बताइएको छ ।

गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ ।एक स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ गते फर्कन ‘लचिलो’ देखिएका छन् ।

त्यसका लागि छलफल गरिरहेको र त्यही सिलसिलामा पौडेल गौतम निवास पुगेका हुन् । वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहनुभएको छ  । उहाँहरूबीच त्यही विषयमा कुराकानी भयो । गौतम र पौडेलबीच नियमितजसो संवाद भइरहेको छ,” स्रोतले भन्यो ।

ओलीनिकट नेताहरूले दिएको जानकारी अनुसार असार २ गते स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन् । त्यसदिन जेठ २ अघिकै स्थायी कमिटी बोलाउने सम्भावना रहेको स्रोत बताउँछ ।