ह्वीप उल्लंघन गरेका कारण ओली समूहका ७ सांसदलाई निलम्बन गरेका हौ – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
8.3K
SHARES

३१ जेठ धनगढी ।आज नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।

तर ओली पक्षका ७ जनाले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।आज बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।