गोरखामा नेता खड्काद्धारा स्वास्थ्य सामाग्री वितरण
३१ जेठ गोरखा । आज नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सांसद चुडामणी खड्का “प्रकाश” ले पालुङ्गटार नगरपालिका र सिरान्चोक गाँउपालिका क्षेत्रका लागि स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ ।
नेता खड्काले पालुङटारको वडा नं १० स्थितको वडा कार्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीमा ३०० थान एण्टिजेन किट , मास्क , स्यानिटाईजर लगायतको सामाग्री वितरण गरिएको छ ।
त्यसैगरी नेता खड्काले सिरान्चोक गाँउपालिकाको लागि पनि आज नै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।अक्सिजन कन्स्ट्रेटर १ थान , एण्टिजेन किट ३०० थान , पिपिई सेट १०० थान लगायतको सामाग्री वितरण गरिएको उहाँको सोकिए सचिव सुदिव नगरकेटीले बताएका छन ।