बादललाई नेता नमान्ने – पूर्वमाओवादी समूह
१ असार काठमाडौं । अहिले नेकपा एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)को राजनीति धरापमा परेको छ। तत्कालिन नेकपा फुटेपछि माओबादी केन्द्र नफ़र्किएका बादलको राजनीति अब धरापमा परेको छ।
बादलसँगै एमाले प्रवेश गरेका अन्य नेताहरुसमेत उनलाई साथ दिन छाडेका छन्। बादललाई अन्य नेताहरुसमेत नेता नमान्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादी समूहले मागे जति मन्त्रालय नपाएपछि ओलीसँग रुष्ट छन्।
ओलीले बादललाई मात्र काखी च्यापेर अगाडी बढेको र अरु नेताहरुलाई वेवास्ता गर्दै आएको पुर्वमाओबादीका नेताहरु बताउछन्। बादलले आफ्नै श्रीमतीलाई आकर्षक मन्त्रालयमा पठाएपछि नेता/कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।
एक नेताका अनुसार बादलले आफ्नो समूहको नेतृत्व गर्न नसक्ने भन्दै पूर्वमाओवादीहरु अब उनलाई नेता नमान्ने भन्दै नयाँ नेताको खोजीमा लागेका छन् ।