प्रचण्डको मुहार मलिन , के नेपालले धोका देलान् त ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
8.3K
SHARES

१ असार काठमाडौं । पछिल्लो समय एमाले विवाद मिलाउन नेताहरूबीच दौडधुप चलिरहँदा माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका प्रचण्ड बाहिरिएका छन् ।

हिजो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थियो ।

उनिहरुबिच लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउने र चलाउ सरकारले यसबीचमा गरेका असंवैधानिक, स्वेच्छाचारी निर्णय (मन्त्रिपरिषद् पुनःगठनलगायत) नियुक्तिको प्रतिवाद गर्ने नै छलफल भएको थियो । नेता नेपाललाई भेटेर बाहिरिदा प्रचण्डको मुहार खुशी देखिएको थिएन ।