कोटेश्वर पुगेर प्रचण्ड र देउवाले युरिया हाले – नेता बाँस्कोटा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
4.8K
SHARES

काठमाडौं, १ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमाले ध्वस्त गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोटेश्वरको डिलमा युरिया हालेको टिप्पणी गरेका छन् ।

हिजो साँझ एमाले वरिष्ठ नेता माधव नेपालको निवासमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता भएपछि आज बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले भनेका छन्-“एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?”