बालुवाटारमा गुटको होला , सहमति भएको छैन हामी भाग लिदैनौ – नेतृ झाक्री


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
12.9K
SHARES

२ असार काठमाडौ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले आज असार २ का लागि बैठक बोलाएको हो ।

बैठक २ गते बस्ने भन्ने विषयमा समझदारी भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले २ गते बैठक बस्ने कुरा टुंगिए पनि त्यसअघिको तयारीको विषय भने केही बाँकी रहेको जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।

यसै बैठकको विषसलाई लिएर केन्द्रिय सदस्य राम कुमारी झाक्रीले असहमति जनाएकि छिन । उनले आफ्नो सामाजिक  संजालमा बैठकमा नजान समेत आग्रह गरेको छिन । उनले लेखिन – भोली असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला।

हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन। यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु।