पार्टीको लागि यस्तो सन्देश जारी गर्दै उपचारकालागि नेता खनाल दिल्ली गए
२ असार काठमाडौ । काठमाडौंस्थित नर्भिक हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनालले एमाले पार्टीले नै देशलाई नेतृत्व दिनुपर्ने सन्देश दिएका छन् ।
एमालेबाट १० जेठमा निकालिएका वरिष्ठ नेता खनालले देशको विथोलिएको राजनीतिक अवस्थाका कारण एमाले फुट्ने अवस्थामा पुगेको बताउँदै उनले अहिलेलाई पार्टीको एकतामा नै सबैको हित हुने धारणा राखेका छन् ।
बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली जान लागेका उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै सफल उपचारपछि स्वदेश फर्केर जनताका माझ उभिने पनि उनले बताएका छन् ।
हाल उनको शरीरमा ज्वारो बढेको, स्वासप्रश्वासमा समस्या रहेको र फोक्सेमा पानी जमेको नर्भिकका चिकित्सहरुले जानकारी दिएका छन् । थप उपचार पनि नर्भिकमा नै सम्भव हुने चिकित्सकहरुले बताए पनि परिवारको निर्णयमा खनाललाई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो हस्पिटल लागिने भएको हो ।
