बाढीबारे जानकारी लिन यी नम्बरमा फोन गर्न सकिने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
12.6K
SHARES

२ असार काठमाडौं। नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ। नदीहरुको बहाब बढेको छ। विभिन्न ठाउँमा बाढी आएको छ पहिरो गएको छ।

यस्तो बेला सर्वसाधारणले ११५५ मा फोन गरेर वर्ष र बाढी बारे जानकारी लिन सक्ने छन्।राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ मा फोन गर्न सकिने जनाएको छ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको बुलेटिन जारी गर्ने गरेको छ। उक्त बुलेटिन जथमचययिनथ.नयख.लउ बाट पढ्न सकिन्छ। साथै मौसम पूर्वानुमान महाशाखाको वेबसाइटबाट मौसमको बारेमा जानकारी लिन सकिने छ।

त्यसैगरी नेपाल बाढी सूचना–नेपाल फ्लड अलर्ट नामक फेसबुक पेज तथा ट्विटर अकाउन्ट मार्फत बाढीका साथै बाढीजन्य अन्य सूचना समेत पाउन सकिने छ।