यस्तो भने पार्टी एकता बारे नेता नेम्वाङले
४ जेठ काठमाडौ ।फेरि एमालेभित्र सहमतिको विन्दु पहिल्याउन दोस्रो तहका नेताहरुबीच पुनः बार्ता भएको छ । हिजो नेताहरुबीच सहमतिको बिन्दु पहिल्याउन ललितपुरको समिट होटलमा झण्डै तीन घण्टा बैठक भएको हो ।
पार्टीभित्रको समस्या समाधान गरी अघि बढने निश्कर्ष निकालिएको छ । सो बैठकमा पार्टीभित्र रहेका अतिवादी समुहको प्रभावमा नपरी एकता जोगाएरु जाने सहमतिसमेत भएको छ ।
‘सहमतिको विन्दु पहिल्याउन र पार्टीलाई एकतावद्ध बनाएर लैजान हामी निरन्तर लागेकै छौं,’ बैठकबारे जानकारी दिँदै एमाले नेता सुवास नेम्वाङले बताए । धेरै कुरामा सहमति जुटेको जानकारी उनले दिए ।धेरै कुरामा सहमति भएको छ ।
सबै सहमति एकमुष्ट रुपमा बाहिर आउछन । छलफलको क्रममा रहेकाले अहिले धेरै कुरा भन्न मिल्दैन,’ नेम्वाङले भन्ने ।