पार्टी भन्छ : राजीनामा देउ , मन्त्रीहरू भन्छन् : राजीनामा दिन्नौं
४ असार सुर्खेत ।आज कर्णाली सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले राजीनामा नदिने भएका छन् । प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठक राखेर तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।
मन्त्रीहरुले भने राजीनामाको निर्देशन नमान्ने भएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेका सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री छन् ।
अदालतले ०७५ जेठ २ अघिको पार्टी पदाधिकारीलाई मान्यता दिएको छ । त्यही पार्टीले नै अहिले सरकारलाई समर्थन गरिरहेको छ’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही भन्छन् ।