टाउकोको ओखती नाइटोमा हुँदैन – डा.भट्टराई
६ असार काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा निम्तिएको चौतर्फी संकटको मुख्य कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।
देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन भएको डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएका हुन ।
आज बिहान ट्विट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन नै हो।’
पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए ।
‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।