यस्तो एजेण्डा सहित देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै
६ असार काठमाडौं ।नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ ।
सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
एमालेभित्र एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरु माधव नेपाल निवासमा समेत भेला भएका थिए । नेपालले गठबन्धनलाई धोका दिएर केपी ओलीसँग नमिल्ने वचन दिएका छन् ।