क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् – डा . भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
18.5K
SHARES

८ असार काठमाडौ । आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् भन्दै व्यङ्ग गरेका छन् ।  सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि डा.भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

जनता समाजवादी पार्टी,नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’