प्रधानमन्त्रीद्धारा आकस्मिक बैठक आह्वन , यस्तो छ एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
7.7K
SHARES

८ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आकस्मिक बैठक बोलाउनुभएको छ । जेठ २१ ग्ते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरु निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो ।

निलम्वीत एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका बैठक बोलाइएको छ । एजेण्डा बारे केहि नखुलाइएको भएपनि  विशेष निर्णय हुने बुझिएको छ ।