सर्वोच्चको आदेशपछि नेता बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
8.8K
SHARES

८ असार काठमाडौ ।आज नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्विट गर्दै राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुदैन भन्नुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषदलाई मान्यता नदिने अन्तरिम आदेश दिएपछी पूर्वमन्त्री बाँस्कोटाको ट्विट आएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको आजको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गर्नुभएको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको थियो ।

नेपालको संविधानको धारा ७७ को उपधारा (१) नियुक्त प्रतिनिधिसभा विघटनको दोस्रो अवस्थापछि ७७ को ३ बमोजिम प्रधानमन्त्रीको पद रिक्त हुन आएकामा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ,जे जुन अवस्थामा छ, त्यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन हुनुपर्छ । विस्तार वा थप गर्नु संविधान अनुकूल भएको देखिएन ।अदालतको आदेशमा भनिएको थियो ।

पूर्वमन्त्री बाँस्कोटाको ट्विट

अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुदैन।ती विगत र वर्तमान हुन। तर राजनीति विगत,वर्तमान र भविष्य पनि हो।उत्पादन सङघर्ष,सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट श्रृजना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनितीले मात्र गर्छ है।इतिहासका निर्माता जनता हुन।