सर्वोच्चले केपीबाट भएको घात र बेथितिलाई खारेज गर्‍यो – नेता रावल


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
12.1K
SHARES

८ असार काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वाेच्च अदालतको फैसलाले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको प्रतिक्रिया दिएका छन् ।

आज साँझ ट्विट गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । “आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?,“ उनले भनेका छन् ।