यस कारण रोकियो ४० मिनेट वर्ल्डलिङ्कको इन्टरनेट


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
7.6K
SHARES

९ असार काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको सेवामा आएको अवरुद्ध हटेको छ । वर्ल्डलिङ्का ग्राहकले करिब ४० मिनेट इन्टरनेट सेवामा समस्या भोगे ।

कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटर अर्थात कोर नेटवर्क प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएको थियो । ४० मिनेटपछि समस्या समाधान भएको वल्र्डलिङ्का कर्मचारीले बताए । कम्पनीले अहिले पनि इन्टरनेट चलेको भए राउटर अन अफ गर्न आग्रह गरेको छ ।