नेपाल पक्ष निकटले दल दर्ता गरे , चुनाव चिन्ह यस्तो पाए
९ असार काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमालेका माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गरेको छ । उक्त समूह निकट जीवन राईले नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गरेका हुन् । उक्त दललाई निर्वाचन आयोगले दुई दिनअघि मान्यता दिएको छ।
जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।
सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।
