संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री देउवाजी नै हुनुपर्छ – अध्यक्ष प्रचण्ड
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् ।
उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गर्दै भने, ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’
उनले अघि भने, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’
संविधानको धारा ७६(५) सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए । उनले अघि भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । ’