राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो हुनुभो – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १२ २०७८
5.4K
SHARES

१२ असार काठमाडौं ।आज  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेकोमा टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।

राष्ट्रपति ओलीको कार्यकर्ता हुनुभो  । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उनले भने ।