प्रचण्डको प्रश्न : हु इज केपी ओली ?


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १२ २०७८
7.9K
SHARES

१२ असार काठमाडौं । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिकोभन्दा राजाको शान भएको भन्दै व्यंग्य गरेको बताएका छन् ।

पत्रकारसँगको अन्तक्र्रियामा उनले आफू जिन्दगीभर गणतन्त्रका लागि लडेको स्मरण गर्दै समग्रतामा हेरेर मात्रै धारणा बनाउन आग्रह गरे ।

प्रचण्डले राष्ट्रपतिले हद नाघेको समेत बताए । राष्ट्रपति बढी नै रबर स्ट्याम्प भएको प्रचण्डको भनाई थियो ।‘ज्ञानेन्द्रकै शासन हुँदा पनि अदालतले शाही आयोग खारेज गरेको होइन ? हु इज केपी ओली ? अदालतमा प्रश्न गर्न पाइदैन भन्ने के हो ? ‘ उनले प्रश्न गरे ।