यस्तो एजेण्डा सहित विप्लवका प्रतिनिधि र प्रचण्डबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १२ २०७८
13.5K
SHARES

१२ असार काठमाडौ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कंचन’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच पछिल्लो राजनीतिक घटनाक्रम बारे खुमलटारमा भेटवार्ता भएको छ । जनयुद्धकाका नेतृत्व तथा सहकर्मी प्रचण्ड र बास्ताेलाबिच भएको भेटलाइ अर्थपूर्ण रुपमा हेरिएकाे छ । माओवादी जनयुद्धका क्रममा एउटै यात्रामा रहेका नेताहरु अहिले दुई अलग बाटोमा छन् ।

एक स्राेतका अनुसार नेता बास्ताेला सहित केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । संसदिय ब्यवस्था स्विकार गरेर त्यहि काेर्सकाे नेतृत्व गरिरहेका प्रचण्ड र संसदिय व्यवस्था काे बिकल्पमा वैज्ञानिक समाजवादकाे कार्यक्रम दिएकाे नेकपाका नेताबिच राजनीतिक गत्यावरोध बारे छलफल भएको बुझिएकाे छ ।

प्रधानमन्त्री केपी ओलीकाे पछिल्लो कदमप्रति निकै आक्राेसित बनेका अन्य दलहरु ओली बिरुद्ध सडक संघर्षमा छन् । दुई पटकसम्म संसद विघटन गरेका ओली चाैतर्फि संकटमा परेका बेला केही समय अघि ओली सरकारसंग बार्ता गरेर विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिक काेर्समा प्रवेश गरेकाे बताइन्छ ।

यसै क्रममा नेता बास्तोलाले प्रचण्डसंग व्यवस्थाकाे बिकल्प खाेज्न ढिला भएको भन्दै याे वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनतालाई फैसला गर्ने अधिकार दिन अपिल गरेकाे स्राेतकाे दावी छ ।