यस्तो निर्णय गर्दै एमाले स्थायी कमिटी बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
8.2K
SHARES

१३ असार काठमाडौं ।अब नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो ।  आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले  जानकारी दिए ।

आजको बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको बताए । सो विषयमा निर्णयका लागि आयोजक कमिटीको बैठक बोलाइएको उनले बताए ।

महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको  फैसला त्रुटिपूर्ण भएको बताए । अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको उनको आरोप छ । उनले आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताए ।